Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङको तुलसीपुरमा दाङ भ्यालीका अटो चालकको कुटपिटबाट नमस्तेका अटो चालक घाइते

बिहीबार, फागुन १५, २०८१

तुलसीपुर, १५ फागुन - दाङको तुलसीपुरमा एउटा अटो चालकको कुटपिटबाट अर्का अटो चालक घाइते भएका छन् । दाङ भ्याली यातायात प्रालिका अटो चालक तुलसीपुर–९ बेलुवा निवासी अन्दाजी ४५ बर्षीय कृष्ण बहादुर बस्नेतले नमस्ते एकता यातायात प्रालिका अटो चालक तुलसीपुर–६ हात्तिखौवा निवासी ४८ बर्षीय चन्द्रमान वलीमाथी कुटपिट गरेका हुन् । हिजो दिउँसो तुलसीपुरको घोराही रोडस्थित लक्ष्मी सनराइज बैंक नजिकै यात्रुको बिषयलाई लिएर बस्नेतले आफुमाथी कुटपिट गरेको घाइते वलीले बताउनुभयो । ’म आफ्नो अटोमा बसेको थिए,–उहाँले भन्नुभयो अर्को एउटा अटोमा यात्रु आएर बस्दै थिए, उक्त यात्रुहरुलाई दाङ भ्यालीका अटो चालक बस्नेतले मेरो अटोमा आउनु भनेर नजिकमा आएर जवरजस्ती तान्न खोजेपछी मैले किन यस्तो गरेको भन्दा ममाथी उनी जाइलागे ।’

यात्रु नतान्नु भन्दा बस्नेतले आफुमाथी मुक्का प्रहार गरेको उहाँको भनाई छ । यता नमस्ते एकता यातायात प्रालिका अध्यक्ष रोमहर्स केसीले एउटा सामान्य बिषयमा अटो व्यवसायीमाथी कुटपिट हुनु दुखद भएको बताउनुभयो । दोसीमाथी कडा कारवाहीको माग गर्दै उहाँले आगामी दिनमा यस्ता कृयाकलाप नदोहोर्याउन पनि आग्रह गर्नुभएको छ । यसैगरी दाङ भ्याली यातायात प्रालिका अध्यक्ष बेद प्रकाश वलीले आफ्नो प्रालिमा आबद्ध अटो व्यवसायीले गल्ति गरेको बताउदै उनलाई कानुन अनुसार कारवाही हुनुपर्ने र कुटपिट गर्नेले नै घाइतेको उपचार गर्ने बताउनुभएको छ । घटनामा संलग्न बस्नेतलाई पक्राउ गरिसकेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले पिडितले जाहेरी दिएपछी थप प्रकृया अगाडी बढ्ने बताउनुभएको छ । साभार: तुलसीपुर खबर

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्