सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
मसुरिया, १३ मंसिर- दाङको राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु भएको छ।
राप्ती गाउँपालिका कृषि शाखाको समन्वयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय तुलसीपुरले किसानबाट धान खरिद प्रक्रिया सुरु गरेको हो।
कम्पनीले चालु वर्षका लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ निर्धारण गरेको छ। सोही मूल्यमा किसानबाट धान खरिद भइरहेको कम्पनीका शाखा कार्यालय प्रमुख शक्तिराम डाँगीले बताउनुभयो।
राप्ती गाउँपालिकाका लागि ८ सय क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य दिलाउने उद्देश्यले सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरिएको जानकारी दिनुभयो। उहाँले किसानलाई धान बिक्री गर्न सहज हुने गरी खरिद प्रक्रियालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै कार्यवाहक अध्यक्ष चाैधरीले धान मात्रै नभएर किसानले उत्पादन गरेका अन्य बाली समेत गरिद गर्ने व्यवस्था मिलाउन आवश्यक रहेको बताउनुभयो ।
खरिद गरिएको धान राप्ती गाउँपालिका वडा नं. ४ मौरिघाटस्थित श्री माध्यमिक विद्यालयको नयाँ भवनमा भण्डारण गरिएको छ।
धान खरिद कार्य शनिबारदेखि आइतबारसम्म सञ्चालन हुने कृषि प्राविधिक निर्मला गिरीले जानकारी दिनुभयो।
सरकारी समर्थन मूल्यमा धान खरिद सुरु भएपछि स्थानीय किसान लाभान्वित हुने अपेक्षा