Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

किसानको गहुँ पालिकाले ५० प्रतिशत अनुदानमा थ्रेसिङ गरिदिदै

मंगलबार, चैत १७, २०८२

१७ चैत रोल्पा , यो सिजन भनेको गहुँ जहुँ भित्र्याउने समय हो । त्यसैले यो समयमा के तपाईंले गहुँ काटि सक्नु भयो ? या काटेर दाउनको लागि धेरै गहुँ भएर दाउन मुस्किल भएको छ? दाउनको लागि गोरु नभर समस्या भईरहेको छ ? यदि यो समस्या छ भने रुन्टिगढी गाउँपालिकाका किसानका लागि खुसीको कुरा छ।

रोल्पाको रुन्टिगढी गाउँपालिकाले किसानको गहुँ थ्रेसिङको लागि  थ्रेसर ब्यवसायीहरुलाई प्रस्ताव पेश गर्ने अनुरोध गरेको छ। चैत १६ सोमबार रुन्टिगढी गाउँपालिका कृषि विकास शाखा अन्तरगत २०८२/८३ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार थ्रेसर ब्यवसायीलाई प्रस्ताव पेश गर्न सुचना निकालिएको हो ।


‎‎प्रस्ताव पेश भएर छनोटमा परेका थ्रेसर ब्यवसायीहरुले किसानलाई पाएक पर्ने ठाउँमा पुगेर गहुँ  थ्रेसिङ गरिदिनु पर्ने छ। किसानको गहुँ थ्रेसिङ कार्य सहभागी हुनका लागि ब्यवसायीहरुले गाउँपालिकामा सुचना प्रकासन भएको मितिले ७ दिन भित्र प्रस्ताव पेश गरि सक्नु पर्ने छ।

पालिका कृषि विकास शाखाको  ५० प्रतिशत अनुदानमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो। जस अन्तरगत गहुँ थ्रेसिङ गरेको  लागत ५० प्रतिशत किसानले ५० प्रतिशत पालिकाले ब्यहोर्ने भएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्