तिहार तिहार
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

इजरायलमा विपक्षी नेता आइजेनकोटलाई सरकार गठनको जिम्मेवारी

आइतबार, कात्तिक २२, २०८३
नेपाल बिद्युत प्राधिकरण - घाेराही वितरण केन्द्र दाङ
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

काठमाडौँ, २२ कात्तिक - इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले पूर्व सेना प्रमुख तथा विपक्षी नेता गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठनको जिम्मेवारी दिएका छन्।

गत साता सम्पन्न संसदीय निर्वाचनमा कुनै पनि गठबन्धनले स्पष्ट बहुमत ल्याउन नसकेपछि राष्ट्रपति हर्जोगले राजनीतिक दलहरूसँगको परामर्शका आधारमा आइजेनकोटलाई सरकार गठनको पहिलो अवसर दिएका हुन्।

इजरायलको १२० सदस्यीय संसद् नेसेटमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दक्षिणपन्थी लिकुड पार्टी र उसका सहयोगी दलले ५३ सिट जितेका छन्। यस्तै, आइजेनकोट नेतृत्वको मध्यमार्गी यासार पार्टीसहित चार विपक्षी दलले ४८ सिट प्राप्त गरेका छन्। दुई अरब नेतृत्वका गठबन्धनले भने १९ सिट जितेका छन्।

आइजेनकोटले नयाँ सरकार गठनका लागि २८ दिनको समय पाएका छन्। निर्धारित अवधिमा सरकार गठन गर्न नसके राष्ट्रपतिले उनलाई थप १४ दिन समय दिन सक्नेछन्।

राष्ट्रपति कार्यालयका अनुसार संसद्का नवनिर्वाचित सदस्यहरूसँगको परामर्शमा आइजेनकोटले प्रधानमन्त्रीका लागि ६७ जनाको समर्थन पाएका छन् भने नेतान्याहुलाई ४६ जनाले समर्थन गरेका छन्।

जिम्मेवारी पाएपछि आइजेनकोटले सामाजिक सञ्जालमार्फत राष्ट्रिय संकट समाधानका लागि राष्ट्रिय एकताको सरकार गठन गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन्।

इजरायलमा कुनै पनि राजनीतिक दलले अहिलेसम्म एक्लै स्पष्ट बहुमत प्राप्त गर्न नसकेका कारण गठबन्धन सरकार गठन हुँदै आएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  ११:५६
प्रतिक्रिया दिनुहोस्