Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङको बंगलाचुली गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा

बुधबार, असार २६, २०८१

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकालाई आज पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ ।बंगलाचुली गाउँपालिकाले पूर्ण खोप पालिका सुनिश्चित गर्ने राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम १६ देखि ५५ महिना सम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्र पाउनु पर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित गरिए पछी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

गाउँपालिकामा आज एक कार्यक्रमका विच पूर्णखोप सुनिश्चितता कार्यक्रम गरिएको हो । पालिकास्तरीय खोप समन्वय समितिका संयोजक एवं बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका सदस्य सचिव किशोर आचार्यले गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरलाई पूर्णखोप सुनिश्चितताको प्रमाण पत्र दिनुभएको थियो । सो अवसरमा बोल्दै गाउँपालिकाअध्यक्ष तुल्सीराम पुनगरले सबैको मेहनतले आज गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्न सफल भएको बताउनुभयो ।

अध्यक्ष पुनले आगामिदिनमा अझ धेरै प्राभावकारीरुपमा यस अभियानलाई सफल बनाउनका लागि सबैले आफ्नो क्षेत्रबाट काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा उपाध्यक्ष भक्त बहादुर जिसी,जिल्ला स्वास्वाथ्य कार्यालय दाङका प्रमुख किशोर आचार्य लगाएतले बोल्नुभएको थियो । कार्य्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, वडा नम्बर १ का अध्यक्ष विष्णु कवर ,वडा नं ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, वडा नम्बर ४ का अध्यक्ष डाँस बहादुर डाँगी ,वडा नम्बर ५ का अध्यक्ष लिलाबहादुर घर्ती , कार्यपालिका सदस्यहरु गणेश विश्वकर्मा,सुमाकुमारी घर्ती लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा गाउँपलालिकाका ८ वटै वडालाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको थियो । भने स्वास्थ्यकर्मीहरु लोक बहादुर विश्वकर्मा र भुवन स्वर रिजाल लाई सम्मान गरिएको थियो । बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नेव बहादुर केसीको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा सहसंयोजक ईन्द्राकुमारी घर्तीले गर्नुभएको थियो ।

 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्