Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङमा सर्पको टोकाईबाट १४ वर्षीय बालिकाको मृत्यु

बिहीबार, साउन ३, २०८१

दाङ -  दाङमा सर्पको टोकाईबाट बालिकाको मृत्यु भएको छ ।
 राजपुर गाउँपालिका वडा नम्बर – १ कटबेरुवामा विषालु सर्पको टोकाइबाट १४ वर्षीय सुस्मिता रोकाको ज्यान गएको छ।

पारिवारिक स्रोतले दिएको जानकारी अनुसार बुधबार राति घरमा सुतिरहेको समयमा सर्पले डसेको थियो। सर्पले डस्दा पनि थाहा नपाएको र बिहान सुस्मिता मृत अवस्थामा फेला परेको  परिवारले  जानकारी दिएको छ।
परिवारले सुस्मितालाई बिहान के भएको बुझ्न अस्पताल लगेका थिए, जहाँ स्वास्थ्य चेकजाँच गर्दा विषालु सर्पको डसाइबाट उनको निधन भएको पुष्टि भएको थियो।
सुस्मिता जनज्योति माध्यमिक विद्यालय राजपुर(२ मेटरियामा कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्