Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

विश्वकप छनोट प्लेअफका लागि सन्दीप लामिछानेकाे कप्तानी  नेपालको १५ सदस्यीय टोली घोषणा

शनिबार, मंसिर १२, २०८३
नेपाल बिद्युत प्राधिकरण - घाेराही वितरण केन्द्र दाङ
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

काठमाडौं,११ मंसिर - आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि नेपालले १५ सदस्यीय राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको टोलीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। प्रतियोगिता सन् २०२६ डिसेम्बर ४ देखि २१ तारिखसम्म सञ्चालन हुनेछ।

घोषित टोलीमा कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बासिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिषेक गौतम रहेका छन्।

विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालका लागि आगामी विश्वकप यात्राको महत्वपूर्ण अवसरका रूपमा रहनेछ। नेपाली टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान सुरक्षित गर्ने लक्ष्य राख्नेछ।

नेपालको १५ सदस्यीय टोली:
१. सन्दीप लामिछाने (कप्तान)
२. आसिफ शेख
३. अर्जुन कुमाल
४. ईशान पाण्डे
५. देव खनाल
६. कुशल भुर्तेल
७. राशिद खान
८. रोहित पौडेल
९. दीपेन्द्रसिंह ऐरी
१०. गुलशन झा
११. बासिर अहमद
१२. करण केसी
१३. नन्दन यादव
१४. ललितनारायण राजवंशी
१५. अभिषेक गौतम

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १९:००
प्रतिक्रिया दिनुहोस्