दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

रामेछापमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

शुक्रबार, साउन ११, २०८१
बबइ गाउँपालिका
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

रामेछाप - रामेछापमा बिहीबार साँझ पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ।

जिल्लाको गोकुलगंगा गाउँपालिका(६ फर्पुमा बिहीबार साँझ परिहोमा परेर तीन जनाको मृत्यु भएको हो।

रामेछाप प्रहरीका अनुसार पहिरोमा परेर १३, १५ र १७ वर्षीया किशोरीको मृत्यु भएको हो। १७ वर्षीया सीता तामाङ, १५ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।

पहिरोको जोखिममा रहेका केही घरका स्थानीयको उद्धार भएको छ।

रामेछाप प्रहरीका अनुसार खेतमा काम गरेर चाँडै घर फर्किएका तीन जनालाई घरसँगै पहिरोले छोपेको हो । उद्धारका लागि प्रहरीको टोली रातिदेखि सक्रिय भए पनि अहिले थप विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी