बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

नेपाल राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०८१र०८२ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

शुक्रबार, साउन ११, २०८१

काठमाडौं  - नेपाल राष्ट्र बैंकले १२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राख्दै चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले आज राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारबाट मौद्रिक नीति सार्वजनिक गर्नु भयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

चालु आर्थिक वर्षमा कर्जा विस्तार लक्ष्य ११ प्रतिशत राखिएकोमा लक्ष्यको मुस्किलले आधामात्रै उपलब्धि छ । कर्जा विस्तार लक्ष्य १।५ प्रतिशतले बढाए पनि गभर्नर स्वयम्‌ले बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढेको बताउनु भयो ।

अघिल्लो साता नै मौद्रिक नीति जारी गर्ने तयारी रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वगभर्नर एवम्‌ पूर्वअर्थमन्त्री डा। युवराज खतिवडालाई प्रमुख आर्थिक तथा विकास सल्लाहकार नियुक्त गरेपछि एक साता पर धकेलिएको थियो ।

प्रधानमन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलले तत्काल पुँजी परिचालन हुन सक्ने क्षेत्र घरजग्गा, शेयर र सवारीसाधन खरिद सहज बनाउनेगरी पूर्वगभर्नर खतिवडालाई ‘उपयोग’ गर्न खोजेपछि गभर्नर अधिकारी तत्काल मौद्रिक नीति जारी गर्नबाट पछि हटेका थिए ।

करिब एक साता ढिला गरी गभर्नर अधिकारीले नयाँ मौद्रिक नीति सार्वजनिक गर्नु भएको छ ।

(पूर्णपाठ)

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्