चिराघाट खोलाले बगाउँदा एक जनाको मृत्यु

बुधबार, साउन १६, २०८१

दाङ  -  दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
 आज बुधबार साढे १२ बजेतिर शान्तिनगर ४ स्थित चिराघाट खोलाले बगाउँदा तुलसिपुर २ झारगाउँ निवासी ६७ बर्षीय तेजबहादुर भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

गिधनिया आफन्तको घर गएर फर्किने क्रममा उनलाई खोलाले बगाएको हो । ।तेजबहादुर भाई ६४ बर्षीय भाई चेतबहादुरसंग गएका फर्किने क्रममा खोलाले दुबै दाजुभाईलाई बगाएको थियो ।

तर, भाई चेतबहादुर पौडी खेलेर निस्केका थिए, भने दाई तेजबहादुरलाई १ किलोमिटर तलबाट मृत अबस्थामा उद्दार गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
समाचार