दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दाङमा अटोरिक्सा दुर्घटना हुँदा पाँच जना घाइते

मंगलबार, साउन २९, २०८१
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

दाङ - दाङमा अटोरिक्साद पल्टिदा पाँच जना घाइते भएका छन् ।घाइते मध्य रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका – ४ की १२ बर्षीया लक्ष्मी पुनलाई बढी चोटपटक लागेको छ ।

त्यस्तैगरी अर्का लक्ष्मीको शरिरमा भित्री चोट रहेको तथा अवस्था मध्यम रहेको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापालेजानकारी दिएका दिनुभयो

दुर्घटनामा परि लक्ष्मीका आमा ३३ बर्षीया सीता पुनपनि घाइते भएकी छन् । त्यस्तैगरी चालक दाङको तुलसीपुर उपमहानगरपालिका – १७ का २२ बर्षीय भूपेन्द्र वली, तुलसीपुर – ७ का २९ बर्षीय शंकर खड्का, तुलसीपुर – १९ की ४१ बर्षीया बुद्धिकला वली घाइते भएका छन् । उनीहरु सबैलाई हात खुट्टामा चोट पटक लागेको भएपनि अवस्था सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ ।

तुलसीपुर बजारदेखि बिजौरी तर्फ जाँदै गरेको रा १ ह ७३४६ नम्बरको अटो अनियन्त्रित भइ तुलसीपुरको हात्तीखौवा चोकमा मंगलबार दिउँसो साढे १ बजेतिर  पल्टिएको थियो ।

घाइते सबैको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइ रहेको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १५:५७
प्रतिक्रिया दिनुहोस्