बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
अपराध

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

सोमबार, भदौ १७, २०८१

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित पाँच जना पक्राउ गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

जसमा कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ४ सय ४६ ग्राम सहित शिवराज नगरपालिका-(१ चैनपुर नौडिहवा बस्ने ६४ वर्षीया कलिसरा पुनलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

साथै सोधपुछको क्रममा रुकुम पश्चिम बाफिकोट गाउँपालिका-७ मकामा बस्ने ४० वर्षीय भिमसेन खत्रीको समेत संलग्नता रहेको खुल्न आएपश्‍चात प्रहरीले खत्रीलाई १ लाख १० हजार भारतीय रुपैयाँ सहित पक्राउ गरेको छ ।

त्यस्तैगरी रुपन्देहीको सियारी गाउँपालिका-२ मनोहरापुर बस्ने ४० वर्षीय भोला भुजल र तिलोत्तमा नगरपालिका-१४ बस्ने २३ वर्षीय सुरेश थारूलाई अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी चिल्हियाबाट  खटिएको प्रहरीले भोलाको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

त्यसैगरी, झापाको गौरादह नगरपालिका-३ धिविनिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ९ मिलिग्राम, मोबाइल १ थान र नगद ४ हजार ५ सय रुपैयाँ सहित कमल गाउँपालिका-५ बस्ने २१ वर्षीय दिपेन्द्र ताजपुरियालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले गौरीगंजबाट दमकतर्फ जाँदै गरेको को.२७ प ३५४९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक दीपेन्द्रलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्