कञ्चनपुरमा उखुबारीबाट गरीयो अजिङ्गरको उद्धार

मंगलबार, भदौ १८, २०८१

कञ्चनपुर - जिल्लाको बेलौरी नगरपालिका-७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार गरिएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

मध्य ब्रुमाइज पाइथन (अजिङ्गर) प्रजातिको अजिङ्गरको सोमबार साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडिएको सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिनुभयो।

बेलौरी(३ का वडा सदस्य कमानसिंह चौधरीका अनुसार उद्धार गरिएको अजिङ्गरको तौल ३५ किलो र लम्बाइ १३ फिट रहेको छ।

अजिङ्गर आहाराको खोजीमा बस्ती नजिकको उखुबारीमा आएको हुनसक्ने सामुदायिक वनका अध्यक्ष थारुले बताए। वन क्षेत्रमा रहेका तालतलैया र सीमसार क्षेत्र संरक्षण गरिएपछि अजिङ्गरलगायत सर्पको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  ०६:४३
प्रतिक्रिया दिनुहोस्