बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
मन्त्रिपरिषद्को निर्णय

सरकारले रोकिएको जग्गाको कित्ताकाट खुलायो

मंगलबार, भदौ २५, २०८१

काठमाडौं - सरकारले रोकिएको जग्गा जग्गाको खुलाएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा देशैभरि जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

यसअघि देशभरका सात सय ५३ मध्ये एक सय ९३ वटा पालिकाले मात्र जग्गा वर्गीकरण गर्दा कित्ताकाटमा समस्या हुँदै आएको थियो । आजदेखि भने देशभरका मालपोत कार्यालयमा कित्ताकाटको काम शुरू भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जानकारी दिएको छ ।

यसैबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले जग्गा कित्ताकाटमा पुनः समस्या नआउने गरी काम गर्न पालिकाहरूलाई आग्रह गर्नुभएको छ । तोकिएको यो आर्थिक वर्षभित्र सबै पालिकाले प्रक्रिया पूरा गरेर कित्ताकाट रोक्न नपर्ने गरी काम गर्न मन्त्री अधिकारीले आग्रह गर्नुभएको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्