Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

आज  यी प्रदेशमा  आंशिक वर्षा र हिमपात

शुक्रबार, माघ १९, २०८०

काठमाडौं - देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ । 

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भेगका केहीस्थानमा हल्का हिमपातको सम्भावना छ। 

राति कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ। यसैको प्रभावस्वरूप  बिहीबार पश्चिम नेपालमा वर्षा भएको थियो। काठमाडौं र आसपासका केही जिल्लाका साथै तराई–मधेशमा समेत हल्का पानी परेको थियो।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्