Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

दशैँको टीकाको आज दोस्रो दिनः आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशी

आइतबार, असोज २७, २०८१

दाङ– दशैँको टीकाको आज दोस्रो दिन आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशी । हिजो अर्थात् विजयादशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शिवाद लिने गर्छन् । साथै दशैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमा नै सकेसम्म सबै आफन्तकहाँ पुग्ने गर्दछन् ।

आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान चटारो नै हुने गर्छ । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठुलाहरूको हातबाट थापेर आशिर्वाद लिने गरिन्छ ।

आफूभन्दा अग्रज मान्यजनको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहिआएको छ । ठूलाले सानालाई टीका लगाइ आशिर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ ।

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्