बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

शान्तिनगमा विद्यालय व्यवस्थापन समिती अध्यक्ष मल्लमाथि हातपात

सोमबार, कात्तिक ५, २०८१

दाङ - दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ मा रहेको श्री बी.पी कोइराला माध्यमिक  विद्यालयका   व्यवस्थापन समितीका अध्यक्ष देवराज  मल्लमाथि गालीगलोज र हातपात भएको छ ।
 ने.क.पा माओवादी केन्द्र शान्तिनगर गाउँपालिका कमिटीका सदस्य समेत रहेका मल्लमाथि हातपात भएको भन्दै शान्तिनगर गाउँपालिका कमिटी पार्टीले आपत्ति जनाएकाे छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

गत शनिबारको दिन  शान्तिनगर गाउँपालिका वडा न‍‌ं. ३ पातेटाकुरा निवासी बुद्धिबहादुर केसीका २५ वर्षीय छोरा शिखर केसीले हातपात गरिएको पार्टीका अध्यक्ष नेवबहादुर रोका र सचिब पिमलाल वलीले विज्ञप्ति जारी गरि आपत्ति जनाउनु भएको छ ।

सोही दिन साँझ विद्यालयको छलफलको क्रममा मल्लमाथि हातपात भएको हो ।  केसीका बुवा बुद्धिबहादुर श्रीमतीको डीभी परेपछि संगै अमेरिका गएका छन् भने  उनी अमेरिका भएपनि पदबाट दिएको राजीना स्वीकृत भएको छैन । सोही राजीनामा स्वीकृत नहुँदा ९ महिनादेखि उक्त ठाउँमा नयाँ शिक्षक पनि आउन सकेको अबस्था छैन ।

शिक्षा विकास तथा समन्वय इकाइ दाङले डीभी परेको कागज, हवाई टिकेट, भिजा लागेको पासवर्ड नभएकाले राजीनामा स्वीकृत गरेको छैन । त्यी कागजात माग गर्दा नदिएपछि सोही कागजात मल्लले माग गर्दा उत्पन्न परिस्थितिले विद्यालयको प्राङगणमै हातपातसम्मको अबस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ ।

शिक्षकको अभावमा विद्यार्थीको पढाइमा गम्भीर असर परेकोमा सघाउनुको सट्टा परिवारबाट त्यस्ता अपराधिक हर्कत गरेकोमा आगामी दिनमा त्यस्ता अपराधिक क्रियाकलाप नगर्न र घटनाको घोर भ्रसना गर्दै दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने विज्ञप्ति मार्फत माग गरिएको छ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  २२:४१
प्रतिक्रिया दिनुहोस्