दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

अवैध सुनको कारोबार गर्ने दुई जना भारतीय नागरिक पक्राउ

शुक्रबार, कात्तिक ९, २०८१
बबइ गाउँपालिका
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

काठमाडौँ - अवैधरूपमा सुनको कारोबार गर्ने दुई जना भारतीय नागरिक काठमाण्डौमा पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका भारतको पश्चिम बङ्गालको कोलकाताका ३५ वर्षीय प्रशन्जित बेरा र पश्चिम बङ्गालको मेदनापुरका ३० वर्षीय आनन्द साहु रहेका छन् । उनीहरू काठमाण्डौ महानगरपालिका–२५ बाङ्गेमुढामा बस्दै आएका प्रहरीले जानकारी दिएको छ ।

 पक्राउ उपत्यकाको न्युरोडलगायत विभिन्न ठाउँमा अवैधरूपमा भन्सार छली गरिएका बिलबिजकविनाका सुन बिक्रीरवितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो।

भारतीय नागरिकको साथबाट एक सय १६ दशमलव ४५ ग्राम सुन बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १७:५६
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी