दंगीशरण गाउँपालिकामा बजार अनुगमनलाई तिब्रता

मंगलबार, कात्तिक १३, २०८१

दाङ - दाङको दंगीरण गाउँपालिकाले चाडपर्वको समयमा उपभोक्ताको स्वास्थ्य अवस्थालाई स्वस्थ राख्न तथा गाउँपालिकाभित्र संचालन भएका पसलहरुलाई करको दायरमा ल्याउन बजार अनुगमनको कार्यलाइ तिब्रता दिएको छ ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

दंगीशरण गाउँपालिकाको बजार अनुगमन निर्देशिका २०७४ बमोजिम बजार अनुगमन समितीका सदस्य सचिव लेखनाथ आचार्यको नेतृत्वमा बजार अनुगमन गर्न पुगेको टोलिले दंगीशरण गाउँपालिका अन्तर्गत पर्ने श्रीगाउँ,र बागर क्षेत्रमा संचालनमा रहेका व्यावसायहरुको अनुगमन गरेकोहो ।

बजार अनुगमनमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपाली, स्वास्थ्य साखा कृषिसाखा ,पशुसाखा, इप्रका हेकुलि, इप्रका बागर गाउँपालिकाका आन्तरिक लेखा परिक्षक लगायतको सहभागीता रहेकोथियो ।

अनुगमनका क्रममा विभिन्न पसलहरुबाट म्याद गुज्रेका कोकाकोला,फेन्टा, बिस्कुट, कुर्मुरे, मैदा,पर्फिम ,जस्ता वस्तुहरु जफत गरीएको र आगामिदिनमा म्याद गुज्रिएका सामाग्रीहरु बेचबिखन नगर्न सुझाव दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीले जानकारी दिनुभयो।

चाडपर्वको समयमा मात्र बजार अनुगमन हुनेगरेको भन्ने स्थानीयको प्रस्नको जवाफ दिदै अधिकृत नेपालीले अब नियमित चौमासिक रुपमा बजार अनुगम गरीने र सवै साना तथा ठुला व्यावसायिलाई स्थानियतहमा अनिवार्य रुपमा करको दायरामा ल्याउन आग्रह गरीएको जानकारी दिनुभयो। साभार: दाङलाइभ

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  २०:१८
प्रतिक्रिया दिनुहोस्
समाचार