Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

सुनौलो बिहानी युवा कल्ब रुन्टीगढी ९ रोल्पाले ११ औ बार्षिक उत्सव मनायो

बुधबार, कात्तिक १४, २०८१

१४ कार्तिक रोल्पा - सुनौलो बिहानी युवा कल्ब रुन्टीगढी ९ रोल्पाले ११ औ बार्षिक उत्सव मनाएको छ । बार्षिक उत्सवको अवसरमा बिभिद खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।

_hxAGX-0-1730309989.jpg
 

जस अन्तरगत पुरुष भलिबल महिला भलिबल एकल नृत्य घैटाफोर कुुर्सी डौड लगाएतका प्रतियोगिताहरु समाबेश गरिएका थिए । पुरुष भलिबल तर्फ क्वाङकीडो समुह रुन्टीगढी प्रथम, शुभप्रभात सैवाङ दोस्रो,शुसिल युवा कल्ब रुन्टीगढी १ तेस्रो र सुनिल स्मृति घोडागाउँ सान्तवना भएका हुन । यसै गरि महिला भलिबल तर्फ हरियाली युवा कल्ब हरि गातिना प्रथम, परिवर्तन १ कुरेली दोस्रो,एकता युवा कल्ब त्रिबेणी १ करेती तेस्रो र होलेरी युवा कल्ब सान्तवना भएका छन । घैटाफोर प्रतियोगीतामा खुम बहादुर भन्डारी सफल भएका हुन भने पुरुष उत्कृष्ट खेलाडीमा बिकल्प बि क शुभप्रभात युवा कल्बबाट भए भने महलिा बाट जस्मती घर्ती एकता युवा कल्ब बाट छनोट भएका हुन ।T2i5wOGw-1730310030.jpg
 

समापन कार्यक्रमका प्रमुख अतिथिति तथा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले कलबको ११ औ बार्षिक उत्सव भब्य र सभ्य रुपमा सम्पन्न भएको मा खुसी ब्यक्त गर्दै आगामी दिनहरुमा समाज रुपान्त्रणमा तर्फ अग्रसर भएर लाग्न प्रेरणा दिदै शुभ कामना समेत ब्यक्त गर्नु भएको छ । त्यसै गरि समाजमा कल्ब संघ सस्था तथा समुहहरु गठन गरि समाजको हित हुने गरि काम गर्न समेत सुझाब दिनु भएको थियो । कुनै पनि समुह कल्बले आफ्नो उदेश्यलाइ भुलेर कुनै अमुख वार्टी वा ब्यक्तिको निहित स्वार्थ हितमा रहेर काम गर्दा समाजलाइनै घाटाहुने हुदा त्यतातिर नलाग्न समेत सझाब ब्यक्त गर्नु भयो ।

कल्बका अध्यक्ष राजन घर्तीको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन,अतिथी वडा न ९ का अध्यक्ष चेतलाल खत्री,वडा ९ का निर्वतमान अध्यक्ष नेप बहादुर थापा, नेपाली काङगे्रश क्षेत्रिय सचिब हरि विश्वकर्मा,होलेरी बजार ब्यवस्थापक अध्यक्ष होम यरी,कल्बका सस्थांपक अध्यक्ष तथा बरिष्ठ सल्लाहकार खुम बहादुर सार्की, कल्बका प्रमुख सचेतक प्रदिप बाठां मगर लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन सल्लाहकार जयन्द्र केसीले गर्नु भएको थियो । खेल तथा सास्कृतिक कार्यक्रम कार्तिक १० गते बाट कार्तिक १३ गते सम्म चलेको थियो ।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  २३:२७
प्रतिक्रिया दिनुहोस्