बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

प्राधिकरणलाई बक्यौता महसुल उठाउन थप सजिलो, मन्त्रालयले पठायो पत्र

सोमबार, कात्तिक २६, २०८१

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ट्रंक तथा डेडिकेटेड महशुल बक्यौता ‘टाइम अफ द डे’(टीओडी) मिटरका आधारमा उठाउन नेपाल विद्यूत् प्राधिकरणलाई पत्राचार गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

मन्त्रालयले यस विवादित मु्द्दा सन्दर्भमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि प्राधिकरणलाई पत्राचार गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतका अनुसार, आगामी १५ दिनभित्र सम्पूर्ण बक्यौता उठाएर उद्योगमा लाइन जोड्न प्राधिकरणलाई पत्र पठाएको हो ।

‘मन्त्रिपरिषद्को निर्णयअनुसार, मन्त्रालयले लाल आयोगको प्रतिवेदन समेत सार्वजनिक गरेको छ । मन्त्रालयले आगामी १५ दिनभित्र बाँकी सम्पूर्ण बक्यौता उठाउन र लाइन काटिएका उद्योगमा पुनःलाइन जोड्न प्राधिकरणलाई निर्देशन दिइसकेका छौँ’, चटौतले  भने ।

उहाँका अनुसार निर्णय कार्यान्वयनका लागि प्राधिकरणलाई पत्र गइसकेको छ । ‘मन्त्रिपरिषद्ले आगामी १५ दिनभित्र ट्रंक तथा डेडिकेटेड महशुल टीओडी मिटरका आधारमा उठाउने निर्णय गरेको छ,’ उनले भने, ‘उक्त निर्णय कार्यान्वयनका लागि मन्त्रालयले प्राधिकरणलाई पत्राचार गरिसकेको छ ।’

सरकारले ट्रंक तथा डेडिकेटेड महशुल विवाद सल्टाउने गरी निर्णय गरेको उहाँले बताउनु भयो ।

उनले ९ वर्षदेखि चल्दै आएको विवादित मुद्दालाई सरकारले महशुल उठाएर समाधान गर्न खोजेको उनको भनाइ छ । लाल आयोगको सुझावअनुसार नै सरकारले ट्रंक तथा डेडिकेटेड महशुलबापतको प्रिमियम शुल्क उठाउन यसअघि नै निर्देशन दिइसकेको उहाँले बताउनु भयो ।

मन्त्रिपरिषद्ले १५ दिनभित्र महशुल बक्यौता उठाउने र उद्योगमा लाइन पुनः जोड्ने निर्णय गरेपछि सोमबार साँझसम्म लाइन काटिएको उद्योगमा बिजुली जोडिएको छैन ।

मन्त्रालयले लिखित पत्र पठाएसँगै अब प्राधिकरणलाई उद्योगमा लाइन जोड्ने र महशुलबापतको प्रिमियम शुल्क उठाउने बाटो खुलेको छ ।

मन्त्रालयको लिखित पत्रसँगै प्राधिकरणलाई महशुल बक्यौता उठाउन थप सहज भएको छ । लाइन काटिएका उद्योगमा पुनः लाइन जोड्ने निर्णय समेत प्राधिकरणले कार्यान्वयन गर्नुपर्नेछ ।

मन्त्रिपरिषदको निर्णय भएको २४ घण्टाभित्र सम्बन्धित निकायले निर्णय कार्यान्वयन गर्न सक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
उनीहरूका अनुसार, सोमबार बेलुका वा मंगलबारसम्म सबै उद्योगमा लाइन जोड्ने सम्भावना छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  २०:४६
प्रतिक्रिया दिनुहोस्