बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
पूर्व सभामुख दमननाथ ढुङ्गाना

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन

आइतबार, मंसिर २, २०८१

काठमाडौँ - पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उहाँको आइतबार निधन भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

ढुङ्गाना वरिष्ठ अधिवक्ता तथा २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । उहाँ २०४८ देखि २०५१ सम्म सभामुखको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

प्रधानमन्त्री के.पी शर्मा ओलीद्वारा दुःख व्यक्त

यसैबिच, प्रधानमन्त्री के।पी शर्मा ओलीले ढुङ्गानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु। नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवङ्गत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना १’’

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्