बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
ट्रक दुर्घटना

त्रिशूली नदीमा ट्रक खस्यो

मंगलबार, मंसिर ४, २०८१

काठमाडौँ - पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ । नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

दुर्घटना स्थलबाट तीन जनाको जीवितै उद्धार गरिएको छ । ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिका ४६ वर्षीय सुरेश गुरुङलाई प्रहरीले उद्धार गरेको हो ।

ट्रक आफैँ अनियन्त्रित भई दुर्घटना भएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्