बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
विश्व शौचालय दिवस

आज विश्व शौचालय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

मंगलबार, मंसिर ४, २०८१

काठमाडौँ - आज विश्व शौचालय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष नोभेम्बर १९ तारिखमा सरसफाइका लागि शौचालयको महत्त्वबारे चेतान जगाउन विश्व शौचालय दिवस मनाउने गरिन्छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

यो वर्ष संयुक्त राष्ट्र सङ्घले सुरक्षित शौचालयको प्रयोगलाई शान्तिसँग जोडेर नारा तय गरेको छ । विश्व शौचालय दिवसको अवसरमा नेपालमा सप्ताहव्यापी रूपमा सुरक्षित सरसफाइको व्यवस्था नभएको समुदाय र ठाउँलाई लक्षित गरी विभिन्न कार्यक्रम भइरहेका छन् ।

नेपाललाई २०७६ सालको असोज १३ गते नै खुला दिसामुक्त घोषणा गरिएको हो । खुला दिसामुक्तको मानक पूरा गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो । तर खुला दिसामुक्त देश घोषणा भएको पाँच वर्षसम्म पनि  नेपालको पूर्ण सरसफाइसम्बन्धी अभियान आवश्यकताअनुसार अघि बढ्न सकेको छैन ।

निजी शौचालयको प्रयोग बढेको भए पनि अझै झण्डै ५ प्रतिशत जनसङ्ख्या शौचालय प्रयोगको पहुँचमा छैनन् ।

बढ्दो शहरीकरण र सार्वजनिक खुला ठाउँको अभावले शहरी क्षेत्र वा बाक्लो मानव बस्ती भएका ठाउँमा अति आवश्यक सार्वजनिक शौचालयको निर्माण र प्रयोगमा झन् चुनौती रहेको सरसफाइको क्षेत्रमा काम गर्दै आएको स्मार्ट वास सोलुसनका अध्यक्ष इञ्जिनीयर रामदीप साहले बताउनुभयो । सबैभन्दा धेरै समस्या ढल र नाली व्यवस्थापनमा रहेको उहाँको भनाइ छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ । दिगो विकास लक्ष्यको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ । तर सुरक्षित शौचालय, पूर्ण सरसफाइ र सबैका लागि स्वच्छ पानीको लक्ष्य हासिल गर्न अब ६ वर्षमात्र बाँकी रहँदा नेपालको कार्यप्रगति भने सुस्त गतिमा भइरहेको छ ।

यसैगरी, पछिल्लो समय राजमार्गहरुमा सार्वजनिक शौचालयको अवस्था सुधार भएको छ । तर राजमार्गका सार्वजनिक शौचालय व्यवस्थित बन्दै गएका बेला व्यवस्थापनका लागि भएका मापदण्ड पालना नहुँदा भने दिगो हुनेमा विज्ञहरुले शङ्का व्यक्त गरेका छन् । महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय निर्माण भए पनि महिलामैत्री भने अझै हुन सकेको छैन ।

नेपाल विकास अनुसन्धान परिषद्का वरिष्ठ अनुशन्धान विशेषज्ञ, वातावरण इञ्जिनियर डा।नवराज खतिवडाले नयाँ बनेका अत्याधुनिक प्रविधियुक्त शौचालयको व्यवस्थापन पनि राम्रो नहुँदा शौचालयको दिगोपनामा चुनौती रहेको बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्