बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

भिजिट भिसा दुरुपयोगबारे अध्ययन गर्न टोली गठन

मंगलबार, मंसिर ४, २०८१

काठमाडौँ  - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भम्रण भिसाको दुरुपयोग रोक्ने विषयमा अध्ययन गर्ने निर्णय गरेको छ । श्रममन्त्री शरतसिंह भण्डारीको संयोजकत्वमा भएको छलफलले श्रम मन्त्रालय सहसचिव एवं वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख जीवलाल भुसालको नेतृत्वमा भम्रण भिसा दुरुपयोग रोक्न अध्ययन गर्ने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

श्रम मन्त्रालयका अनुसार छलफलमा श्रममन्त्री भण्डारी, श्रम मन्त्रालयका सहसचिव भुसाल अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईलगायतको सहभागिता रहेको थियो ।

मन्त्रालयका अनुसार भुसाल नेतृत्वको टोलीमा अध्यागमन विभाग, गृह मन्त्रालयलगायतका सरोकारवाला मन्त्रालयको प्रतिनिधि रहने छन् । उक्त टोलीले भम्रण भिसाको दुरुपयोग रोक्नेसम्बन्धमा १५ दिनभित्र अध्ययन गरी श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय गृह मन्त्रालयसमक्ष प्रतिवेदन पेस गर्ने छ ।

पछिल्लो समयमा भ्रमण भिसामा वैदेशिक रोजगारीमा जाने प्रचलन बढेको छ । भ्रमण भिसामा वैदेशिक रोजगारीमा जान लाखौँ रकम ठगीमा पर्ने र भम्रण भिसामा गएर गन्तव्य देशमा भनेजस्तो काम नपाएर अलपत्र पर्नेको सङ्ख्या बढेपछि श्रम मन्त्रालयले अध्ययन टोली गठन गरेको जनाएको छ ।

उक्त टोलीले भ्रमण भिसामा के कस्ता नागरिक, कुन माध्यमबाट के कसरी, कुन कुन देश जान्छन् भन्ने विषयमा अध्ययन गर्ने छ ।

नौ वर्षदेखि घरेलु श्रमिकका रूपमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध छ । प्रतिबन्धबिच पनि नेपाली महिला भारत, श्रीलङ्का, बङ्गलादेश हुँदै भ्रमण भिसामा संयुक्त अरब इमिरेट्स ९युएई०, कतार, बहराइन, साउदी अरब, ओमान, कुवेत, लेबनानलगायतका लैजाने गरिएको छ ।

वैदेशिक रोजगार व्यवसायीले पनि विगतदेखि नै भम्रण भिसामार्फत वैदेशिक रोजगारीमा लैजाने प्रवृत्ति अन्त्य गर्नुपर्ने माग गर्दै आएका थिए  साभार गोरखापत्र अनलाइन

 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्