बझाङमा भूकम्पको धक्का महसुस

मंगलबार, पुस २, २०८१

बझाङ -  बझाङमा भूकम्पको धक्का महसुस भएको छ। आज साँझ तलकोट गाउँपालिकाको धमेना नजिक ४।३ रिक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जिल्लाभर महसुस भएको थियो।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

केन्द्रका अनुसार तलकोट, रूपातोला र धमेनाको बीचको क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प भएको हो। भूकम्पबाट क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर जोशीले बताउनुभयो। 

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  २०:२६
प्रतिक्रिया दिनुहोस्
समाचार