Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए

शनिबार, पुस १३, २०८१

कञ्चनपुर -  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी २१ वर्षका चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैंमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन्। टाउकोमा गोली लागेका न्यौपानेको उपचार बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनको स्वास्थ्य अवस्था मध्यम रहेको छ। घाइते न्यौपानेलाई तत्काल महाकाली अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पुर्‍याइएको हो। न्यौपानेले गोली किन चलाए भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले  जानकारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
समाचार