Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

पत्रकार श्यामसुन्दर पुडासैनीको निधन

शनिबार, पुस २०, २०८१

काठमाडौं - पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। गएराति  ११ बजेतिर चावहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा पुडासैनीको निधन भएको उनी कार्यरत नेपाल भ्युज डटकमका सम्पादक मधुसुदन पन्थीले जानकारी दिनुभयो।

नेपाल भ्यूज डटकमका उपसम्पादक उहाँ काम सकेर कार्यालयबाट कपनस्थित रहेको कोठामा फर्किएका थिए। कोठामा फर्किएको केहीबेरमै उनी एक्कासी ढलेका थिए। तत्काल घरपति र  छिमेकीले ट्याक्सी चावहिलस्थित अस्पताल पुर्‍याएका थिए। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उहाँको निधन भएको घोषणा गरे।

उहाँलाई हृदयाघात भएको अनुमान गरिएको छ।

नुवाकोटका उहाँले हिमालय टाइम्स​,माउण्टेन टेलिभिजन,प्राइभ टेलिभिजन र रेडियो अन्नपूर्णमा समेत काम गरेका थिए।

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
समाचार