दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

गाडीबाट खसेर सहायक हवल्दार हेमराज एलजीको मृत्यु

शुक्रबार, माघ २६, २०८०
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

काठमाडौं - गाडीबाट खसेर काठमाडौंमा  प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको छ ।

प्रहरीको रातको सुरक्षा योजनाअनुसारको ड्युटी सकेर फर्कने क्रममा प्रहरीकै गाडीबाट खसेर सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर १२ सुवाकोट घर भई प्रहरी प्रभाग बलम्बुमा कार्यरत ३५ वर्षका सहायक हवल्दार एलजीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीको जीपको पछाडिबाट खसेर घाइते भएका एलजीलाई घटनास्थल नजिकै रहेको मेड पोइन्ट अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नेपाल एपीएफ अस्पतालमा लगेर उपचार गराउँदा उपचारकै क्रममा ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।

चालक सहायक हवल्दार रामप्रसाद यादवलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी