बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

सोमबार, पुस २२, २०८१

दाङमा - दुई वटा मोटरसाइकल एकआपसमा ठोकिदा दुई जना घाइते भएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

घाइते हुनेमा रा २ प ५८१० नम्बरको मोटरसाइकल चालक रोल्पाको त्रीबेणी गाँउपालिका–७ का ४७ वर्षका कृष्ण बहादुर डाँगी र लु ८८ प ८३९८ नम्बरका मोटरसाइकल चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ का २७ वर्षका राम प्रसाद घिमिरे घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घिमिरेको हात र टाउकोमा चोट लागेको छ । उहाँको मोतिपुरमा रहेको राप्ती लाइफ केयर अस्पतालमा उपचार भैरहेको छ । अर्का घाइते डाँगीको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो ।

घिमिरेको अवस्था मध्यम रहेको छ भने डाँगीको अवस्था सामान्य रहेको छ । घोराही– तुलसीपुर सडक खण्डको तुलसीपुर– १८ बेलझुण्डीमा आज सोमबार दिउँसो साढे ३ बजेतिर मोटरसाइकल दुर्घटना भएको हो ।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु ८८ प ८३९८ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको रा २ प ५८१० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक खत्रीले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्