बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते

मंगलबार, माघ १, २०८१

दाङ - दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भिर घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्ड अन्तगर्त घोराही उपमहानगरपालिका–१० गुर्जेखोला नजिकै आज दिउँसो घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ११५६ नम्बरको बसले विपरित दिशाबाट गइरहेको रा ७ प १२५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

बसको ठक्करबाट मोटरसाइकल चालक रुकुम पूर्वको भुमे गाउँपालिका–३ घर भई घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा बस्ने ४० वर्षिय जहरेलाल सुनार र मोटरसाइकलमा पछाडी सवार उहाँको भाउजु तुलसीपुर–४ का नरमकुमारी सुनार गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते देवर भाउजु दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्