प्रेस चौतारी दाङको अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित

शनिबार, माघ १९, २०८१

दाङ - प्रेस चौतारी दाङको अध्यक्षमा सुधासुमन ढकाल निर्विरोध निर्वाचित भएकी छिन । प्रेस चौतारी दाङको १० औं जिल्ला अधिवेशनले ढकालको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा विमल योगी, महिला उपाध्यक्षमा लक्ष्मी पोख्रेल, सचिवमा निमुसंगम घर्ती, सहसचिवहरूमा सन्तोष खनाल र भ्युमान पुन, कोषाध्यक्षमा चन्द्र प्रकाश नेपाली चयन भएका छन् ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

त्यसैगरी सदस्यहरूमा महेश बस्नेत, सुशील परियार, चेतन वली, प्रेम कुमारी बुढामगर, दिपक वली, राम प्रसाद सुवेदी, कपिल लामीछाने, अनुप आचार्य, कैलाश घर्तीमगर, अविशेषक डाँगी, हिमाल विश्वकर्मा, अशोक नेपाली, अरुण नेपाली, सुरक्षा चौधरी, निशा कुमारी चौधरी, हिमाल खडका, शैलेश अधिकारी, रमा नेपाली, राजकुमार विश्वकर्मा र दिपक चौधरी चयन भएका छन् ।

केंद्रिय परिषद सदस्यमा दुर्गालाल केसी, प्रेम बहादुर राम्जा, वसन्त आचार्य, पाण्डप शर्मा, गोकर्ण पौडेल र दिप्तीशीखा चौधरी चयन भएका छन् । प्रदेश परिषद सदस्यमा माधव कडेल, नीता चौधरी, वासुदेव न्यौपाने, नवराज शर्मा र दिपक जिएम चयन भएका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  २२:०५
प्रतिक्रिया दिनुहोस्