बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

ट्रक यातायात व्यवसायीको साधारण सभा सम्पन्न

शनिबार, माघ २६, २०८१

घोराही, २६ माघ - राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिको २२ औँ साधारण सभा घोराही सम्पन्न भएको छ । समितिका अध्यक्ष उमेशचन्द्र मज्गैयाको अध्यक्षता एवं पूर्व अध्यक्ष यादव शाहको प्रमुख आतिथ्य एवं सल्लाहकार सुरेश हमाल र पूर्वअध्यक्ष मिनराज वलीको विशिष्ठ आतिथ्यमा साधारण सभा शनिवार सम्पन्न भएको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

साधारण सभा उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले देशमा देखिएको आर्थिक मन्दीका कारण उद्योगहरु पूर्ण रुपले सञ्चालन हुन नसक्दा ट्रक व्यवसायी एवं मालमाहक सवारी साधनहरुले भोग्नुपरेका बताएका थिए । सडक स्तरउन्नति नहुँदा मालबाहक सवारी साधनको मर्मतमा आर्थिक भार पर्न गएको बताउदै उनीहरुले भारतिय मालबाहक साधनहरु देशभर निर्वाद रुपमा सवारी धनीहरुलाई प्रत्यक्ष असर परेको बताएका थिए । साथै उनीहरुले यातायात व्यवसायी एक भएर अगाडी बढ्न आवश्यक रहेको पनि बताएका थिए ।

त्यस अवसरमा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समितिका प्रशासनिक सचिव शुभाष श्रेष्ठले यातायात व्यवसायीहरुको हकहितकालागि समितिले काम गर्दै आएको बताउनुभयो । समितिमा आवद्ध व्यवसायीहरु दुखमा परेको समयमा राहत स्वरुप रकम उपलब्ध गराउने, व्यवसायीहरुको दुर्घटना बिमा गरिदिने, व्यवसायीहरुको समस्यालाई छिटो छरितो रुपमा सञ्चालन गर्नकालागि घोराही, तुलसीपुर र लमही क्षेत्रमा क्षेत्रिय संयोजक तोकेर काम अगाडी बढाएको, दुर्घटना बिमालाई व्यवस्थित गर्नकालागि बिमा समिति गठन गरि काम अगाडी बढाएको जानकारी दिनुभयो ।

साथै उहाँले आगामी दिनमा लमहीमा रहेको काँटालाई प्रविधीयुक्त बनाई पूर्ण रुपले सञ्चालन गर्ने, भाुलुवाङ र अमेलियामा रहेको चेक पोष्टलाई थप व्यवस्थित गरि सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।

साधारण सभामा कोषाध्यक्ष हिमन्तप्रसाद पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुृभएको थियो ।
समितिका वरिष्ठ उपाध्यक्ष प्रेमनाथ योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण प्रशासनिक सचिव शुभाष श्रेष्ठले गर्नुभएको थियो ।

 

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्