Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

प्रेस सेन्टर घोराहीको बैठक सम्पन्न, सबै वडामा कार्यक्षेत्र विभाजन

शनिबार, माघ २६, २०८१

घोराही, २५ माघ– प्रेस सेन्टर नेपाल घोराही शाखाको पहिलो बैठक सम्पन्न भएको छ । घोराही नगरका अध्यक्ष हेमराज परिवर्तनको अध्यक्षता एवं नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य एवं घोराही नगर इन्चार्ज तुल्सी डाँगी (मिलन) को प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

शनिबार बसेको बैठकले पदाधिकारी र सदस्यको १९ वटै वडामा कार्य क्षेत्र विभाजन गरेको छ । जसमा अध्यक्ष परिवर्तनलाई घोराही ७ र ८ नम्बर वडा, उपाध्यक्ष वर्षा मगरलाई वडा नम्बर १९, अर्का उपाध्यक्ष विष्णु गोराथोकीलाई वडा नम्बर १५ को जिम्मेवारी लिनुभएको हो ।

यस्तै सचिव सुविनराज सेर्पाइलीलाई घोराही १ , २, ३ र ८ नम्बर वडा, सहसचिव रमन शर्मालाई ५ र ६ नम्बर वडा, अर्का सहसचिव अमृता डाँगीलाई वडा नम्बर १० को जिम्मेवारी प्रदान गरिएको छ ।   

यस्तै सदस्य मनोज बुढा मगरलाई वडा नम्बर १४, हरि केसीलाई वडा नम्बर १६ , नविन गौतमलाई वडा नम्बर १७, राम कुमार दाहाललाई वडा नम्बर ११ र १२, प्रज्वल खड्कालाई १३ नम्बर वडा र प्रविशा घर्तिमगरलाई ४ नम्बर वडाको जिम्मेवारी दिईएको हो ।

यस्तै आजको बैठकले पत्रकारहरुको क्षमता विकासका लागि तालिम संचालन गर्ने, संगठनमा अक्षकोषको निमार्ण गर्ने लगाएतका प्रस्तावहरु पारित गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथी डाँगीले देश र जनताको पक्षमा सही सूचना प्रवाह गर्नका लागि प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

यस्तै बैठकमा उपस्थित नेकपा माओवादी केन्द्र घोराही नगर अध्यक्ष खिम बहादुर चौधरी (अटल)ले समाजको अग्रगामी धाराको प्रतिनिधित्व गर्दै प्रेस सेन्टरले देश, जनता र श्रमजीवी वर्गको हितमा आफूलाई उभ्याउनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । दास्रो अधिवेशन सम्पन गन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

यस्तै बैठकका अध्यक्ष परिवर्तनले सेन्टर नगर समितिले आगामी दिनमा पनि सकारात्मक र प्रभावकारी भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण सचिव सुविनराज सेर्पालीले गर्नुभएको थियो ।।

प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १९:१३
प्रतिक्रिया दिनुहोस्