बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

वित्त आयोगको मूल्याङ्कनमा डडेल्धुराको अमरगढी नगरपालिका देशकै उत्कृष्ट पालिका

शुक्रबार, फागुन २, २०८१

दाङ्ग - राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट पालिकाका रूपमा यसवर्ष डडेल्धुराको अमरगढी नगरपालिका भएको छ । विभिन्न १७ वटा सूचक राखेर एक सय पूर्णाङ्कमा सात सय ५३ पालिकामध्ये अमरगढीले सबैभन्दा धेरै ८१ दशमलव ७ अङ्क प्राप्त गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

यस्तै नगरपालिकातर्फ र समग्रमा पनि अमरगढी नगरपालिकापछि इलामको सुर्योदय नगरपालिकाले उच्च अङ्क हासिल गरेको छ । सुर्योदयले ८० दशमलव २ अङ्क ल्याएको हो ।

वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा गाउँपालिकातर्फ स्याङ्जाको कालिगण्डकी गाउँपालिका र धादिङको नेत्रावती डबजोङ गाउँपालिकाले समान अङ्क ७८ दशमलव २ प्राप्त गरी गाउँपालिकातर्फ उत्कृष्ट भएका छन् । स्याङजाकै आधिँखोला गाउँपालिकाले ७८ अङ्क प्राप्त गरेको छ ।

आयोगले हरेक वर्ष पालिकाको कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक गर्दै आएको छ । समयमै बजेट सभामा पेश गरे/नगरेको, पारित गरे/नगरेको, बजेट कार्यान्वयन समिक्षा सार्वजनिक गरे/नगरेकोलगायतका सूचक रहेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नतिजामा चित्त नबुझे आवश्यक आधार र प्रमाणसहित एक हप्ताभित्र पुनरावलोकनका लागि निवेदन दिन समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १९:२९
प्रतिक्रिया दिनुहोस्