बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’

घोराहीमा शुरु भयो "छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव"

शुक्रबार, फागुन २, २०८१

दाङ - आजदेखि दाङको घोराहीमा ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ शुरु भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराही उपमहानरपालिका–१४ झिँगौरामा महोत्सव शुरु भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

1739534302707-696x31312081-1739542811.jpg
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले गर्नुभयाे । महोत्सव उद्घाटन गर्दै मन्त्री न्यौपानेले नेपालमा पर्यटन विकासको अथाह सम्भावना भएपनि यसको विकास र प्रवद्र्धन हुन नसकेको बताउनुभयाे । ‘हाम्रो देशमा पर्यटन विकासको सम्भावना अत्यन्त राम्रो तर हामीले यसको राम्रो योजना बनाउन सकेका छैनौं’, उहाँले भन्नुभयाे ।

त्यसमा पनि लुम्बिनी प्रदेशमा पर्यटनको अधिक सम्भावना भएको भन्दै य।सको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकारले योजना बनाइरहेको मन्त्री न्यौपाने बताउनुभयाे । उहाँले यस्ता योजनालाई संघीय, प्रदेश र स्थानीय सरकारसँग जोडेर लैजान सकियो भने सार्थकता पाउने बताउनुभयाे ।

अबको समयमा कसको सत्ता कहिले ढल्छ र ढलेपछि हामी जाउला भन्ने भन्दा पनि सबै मिलेर मुलुकको आर्थिक विकासमा जोड दिनुपर्ने मन्त्री न्यौपानेको भनाइ थियो । आफ्नै देशमा पर्यटन, विभिन्न उद्यामशीलताको विकास गर्न सकियो भने दैनिकजसो विदेशिने युवाहरुलाई स्वदेशमै रोजगार दिन सकिने र उनीहरुले पनि स्वदेशमै आफ्नो भविश्य देखे विदेश नजाने उनले बताउनुभयाे । यसमा राज्य लाग्नुपर्नेमा समेत मन्त्री न्यौपानेले जोड दिनुभयाे ।

महोत्सव उद्घाटन अघि घोराहीमा विभिन्न झाँकीसहितको शोभायात्रा निकालिएको थियो । शोभायात्राले बजार परिक्रमा गरी महोत्सव स्थलमा पगेको थियो ।

फागुन १८ गतेसम्म चल्ने महोत्सव अवधिभर दुई लाख दर्शकले अबलोकन गर्ने र २० करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ । महोत्सव प्रवेशका लागि सर्वसाधारलाई १०० र विद्यार्थीलाई ८० रुपैयाँ टिकट शूल्क निर्धारण गरिएको छ । महोत्सवमा कृषि उत्पादनदेखि स्थानीय उत्पादनलगायत विभिन्न करिव ४०० व्यापारिक स्टलहरु रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  २०:०५
प्रतिक्रिया दिनुहोस्