बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

मृगौलापीडित विन्दु चौधरीको उपचारमा सहयोगका लागि अपिल

सोमबार, फागुन ५, २०८१

दाङ - मृगौलापीडित विरामी विन्दु चौधरीको उपचारमा सहयोगका लागि कमल चौधरीले अपिल गर्नु भएको छ । श्रीमती विन्दु चौधरीको जीवन रक्षाका लागि उहाँका श्रीमान कमलले सहयोगका लागि अपिल गर्नु भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

तुलसीपुर उपमहानगरपालिका १० पड्ढा निवासी हाल तुलसीपुर ५ बाहिनी चोक बस्दै आउनु भएका चौधरी लामो समयदेखि मृगौलाको विरामी हुनुहुन्छ । चिकित्सकको सल्लाह बमोजिम विन्दुको मृगौलाको शल्यक्रिया गर्नुपर्ने भए पनि आवश्यक रकम अभाव भएकाले उहाँको शल्यक्रिया हुन सकेको छैन । तत्काल शल्यक्रिया गर्न नसकेमा विन्दुको अवस्था जटिल हुने चिकित्सकले बताएको चौधरीले बताउनुभयो ।

विन्दुको बाँया मृगौलामा समस्या देखिएपछि पहिले नै निकालिएको र आफूसँग रहेको दाँया मृगौलामा पनि फेरी समस्या देखिएपछि चिकित्सकका अनुसार तत्काल शल्यक्रिया गर्नु पर्ने भएको छ । शल्यक्रिया गर्नु पर्ने भएपनि आर्थिक अवस्था कमजोर भएकाले अस्पतालमा लाग्ने खर्चको व्यवस्थापन गर्न समस्या भैरहेका छ । विन्दुलाई सहयोग गर्न चाहनेहरुले उहाँको नाममा तुलसीपुर रहेको सिभिल बैँकको खाता नंबर ०४४१०४९४०३१०१७ मा रकम जम्मा गर्न सकिने छ ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्