बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

कुम्भ मेलाबाट फर्किदै गरेका दम्पतीसहित तीन नेपालीको गाडी दुर्घटनामा मृत्यु

सोमबार, फागुन ५, २०८१

दाङ - भारतमा चलिरहेको कुम्भ मेलाबाट तीर्थयात्री लिएर फर्किएको गाडी दुर्घटना हुँदा दम्पतीसहित तीन नेपालीको मृत्यु भएको छ । दुर्घटनामा रुपन्देहीको देवदह नगरपालिका–९ का ४५ वर्षका गणेश खनाल, उनकी श्रीमती ३५ दीपा खनाल र ४० वर्षीया गीता शर्माको मृत्यु भएको देवदह नगरपालिका–९ का सूचना अधिकारी गणेश डुम्रेले जानकारी दिएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

कुम्भमेलाबाट फर्किदै गर्दा भारतको उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो । दुर्घटनामा परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा देवदह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे छन् ।

युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय नम्बरको गाडी दुर्घटनामा परेको हो । फागुन ३ गते देवदहबाट कुम्भमेला स्नान गर्न ५ वटा गाडीमा ३५ जना भारत गएका थिए । नेपाल फर्किने क्रममा चालकसहित ८ जना सवार उक्त गाडी दुर्घटना परेको हो ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्