बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’

घोराही महोत्सव चौथो दिन : ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति

सोमबार, फागुन ५, २०८१

५ फागुन, दाङ - दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा जारी महोत्सवमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त तीन जना चर्चीत कलाकारहरुले प्रस्तुति राखेका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखि अर्थतन्त्रको निकास’ भन्ने मूल नारासाथ आयोजना गरिएको ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ मा सोमवार लोकदोहोरी क्षेत्रका लोकप्रीय गायक खुमन अधिकारी, युवा पुस्तामाझ लोकप्रीय गायिका सिर्जना खत्री (हाउडेमाया)ले आफ्नो प्रस्तुति राखेका थिए । 

महोत्सवमा लोकप्रीय गायक खुमन अधिकारीले हान हान दाेहाेरीमा र्याप, मायालुले भिरेकाे झाेला मैले भिर्न हाेला कि नहाेला, अच्छा लेकिन लाहुरे म त लाहुरे गाेर्खा पल्टनकाे, चाैधै अञ्चल ससुराल, काेराेना लाछैन लगायतका गीतहरू प्रस्तुत गर्नुभएकाे थियाे । गायिका सिर्जना खत्री (हाउडेमाया) ले पनि आफ्नो चर्चीत गीत मेरो एक्सको छम्मा लगायतका गीतहरु प्रस्तुत गर्नुभयो । उहाँको ¥यापसहितको गीतमा युवा पुस्ताहरु झुेमेका थिए ।

उहाँले शिकारी नारी, हाउडे माया, लाहुरे माया लगायतका गीतहरु प्रस्तुत गर्नुभएको थियो । सोमवार कलाकारहरु लेखिना राई, यागेश्वर बस्नेत, लक्षिमान चौधरी, उमादेवी खनाल लगायतले प्रस्तुति रहेको थियो । महोत्सवमा प्रवेशकालागि प्रतिव्यक्ती १ सय, विद्यार्थीहरुलाई परिचयपत्रको आधारमा ८०, अशक्त, अपाङ्ग, जेष्ठ नागरिकहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ । 

महोत्सवमा कृषी, पर्यटन तथा व्यवसायिक गरि ४ सय बढि स्टलहरु रहेका छन् । महोत्सवमा २ लाख दर्शकहरुले अवलोकन गर्ने र २० करोडको कारोबार गर्ने लक्ष्य रहेको छ । मंगलवार राधिका हमाल महाेत्सवमा मंगलवार पनि चर्चित कलाकारहरूकाे प्रस्तुति रहने छ । वुधवार गायिका राधिका हमाल, गायक कृष्ण रेउले, गायक नवीन पाैडेल, लेखिना राई, राजकुमार वली, सुशीला थापा, राशी रिजाल लगायतकाे प्रस्तुति रहने आयाेजक मूल समितिका संयाेजक वसन्त जाेशीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्