बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

दाङकाे अजम्मरी सामुदायिक वनमा एक पुरुष मृत फेला

मंगलबार, फागुन ६, २०८१

६ फागुन, दाङ - दाङको लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन क्षेत्रभित्र एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ। लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडा निवासी ४१ वर्षीय योगेन्द्र बहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

प्रहरीका अनुसार मृतक खत्री गत मंगलबारदेखि सम्पर्कविहीन हुनुभएको थियो। खोजतलासको क्रममा हिजो सोमबार सामुदायिक वनभित्र खोल्सामा पल्टिएको अवस्थामा शव भेटिएको प्रहरीको भनाइ छ । गाईबाखा चराउन गएका गोठाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २१:४६
प्रतिक्रिया दिनुहोस्