बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

तुलसीपुर महोत्सवमा चर्चित गायक पुष्कल शर्मा आउँदा यस्तो देखियो

बुधबार, फागुन ७, २०८१

७ फागुन, दाङ - तुलसीपुर महोत्सवमा आज दर्शकको अत्यधिक उपस्थिति देखिएको छ । आजको विशेष सांगीतिक कार्यक्रममा लोकप्रिय गायक पुष्कल शर्मा, गायिका सिम्रन परियार र एमटी महरले प्रस्तुति दिएका छन्। उनीहरूका चर्चित गीतमा दर्शक नाचगान गर्दै रमाएका थिए। महोत्सव फागुन १ गतेदेखि सुरु भएको हो । महोत्सव फागुन १६ गतेसम्म चल्नेछ । हरेक दिन दर्शकको भीड बढ्दै गएको छ । मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका व्यवसायिक स्टलहरू राखिएका छन्, जसले व्यापार प्रवद्र्धनमा टेवा पु¥याएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

आयोजकका अनुसार महोत्सवलाई थप व्यवस्थित बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ । दर्शकहरू मनोरञ्जनसँगै किनमेल तथा विभिन्न खानाका परिकारको स्वाद लिइरहेका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले प्रतिदिन दर्शकहरूको संख्या बढ्दै गइरहेको महोत्सव सांस्कृतिक समितिका संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो । भोलि पनि चर्चित कलाकारका साथ स्थानीय कलाकार पनि प्रस्तुति रहने साँस्कृतिक संयोजक खड्काले बताउनुभयो ।

‘महोत्सवले स्थानीय तथा राष्ट्रिय कलाकारहरूलाई प्रस्तुत गर्ने अवसर प्रदान गरिरहेको छ ।’ उनले भने–‘दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ ।’ महोत्सवमा दाङसहित सल्यान, रोल्पा, रुकुम पश्चिम, बाँके लगायतका जिल्लाबाट अवलोकन गर्न आउने गरेका छन् । खड्काले भन्नुभयो ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्