सुनको मुल्य ताेलामा दुई हजार दुई सय रुपैयाँले घट्यो

शुक्रबार, फागुन १६, २०८१

दाङ - सुनको  मुल्य आज एकैदिन दुई हजार दुई सय रुपैयाँले घटेको छ । सुनको मुल्य दुई हजार दुई सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएकाे छ ।

 बिहिबार सुनको मुल्य तोलाको एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो

यस्तैगरी आज चाँदीको मुल्य पनि घटेको छ । चाँदीको मुल्य ३० रुपैयाँले घटेर ताेलाकाे एक हजार नौ सय १५ रुपैयाँ कायम भएको महासङ्घले जानकारी दिएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १२:३५
प्रतिक्रिया दिनुहोस्