Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

आजकाे माैसम : यी तीन प्रदेशमा हिमपातको सम्भावना

बिहीबार, फागुन २२, २०८१

काठमाडौं - हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले पहाडी भागमा आंशिक बदली छ। तराईका केही स्थानमा सामान्य हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भागमा मौसम सफा छ।

महाशाखाका अनुसार दिउँसो पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम  सफा रहनेछ। यसैगरीराति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ०७:१६
प्रतिक्रिया दिनुहोस्