Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

इच्छा विपरित जथाभाबी रङ लगाए कडा कारबाही गर्ने दाङ प्रशासनको चेतावनी

बुधबार, फागुन २८, २०८१

दाङ - जिल्ला प्रशासन कार्यालय दाङले फागु पूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित भएर मनाउन अनुरोध गरेको छ । बुधबार कार्यालयले एक सूचना जारी गर्दै होली पर्वलाई रङको माध्यामबाट खुसी साटासाट गरेर मनाउन अनुरोध गरेको हो।

प्रशासनले होली मनाउने नाममा व्यक्तिको इच्छा विपरित जथाभाबी रङ लगाउने, लोला हान्ने, फोहोर पानीले हान्ने लगायतका कार्य नगर्न समेत अनुरोध गरेको छ।

बाटो ढुकेर बटुवालाई रङ दल्ने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, मादक तथा नशालु पदार्थ सेवन गर्ने तथा गराउने, सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने जस्ता अवान्छित तथा उच्छृङ्खल किसिमका कार्य नगर्न नराउन पनि सूचना मार्फत जानकारी गराएको छ।

सूचनामा प्रचलिन मूल्य, मान्यता एवम् परम्परालाई निरन्तरता दिई मर्यादित रूपमा होली मनाउन भनिएको छ ।

सूचनाको अवज्ञा गरेमा प्रचलित कानुन, सामाजिक सद्भाव, शान्ति सुव्यवस्था एवम् व्यक्तिगत स्वतन्त्रताविरुद्ध कार्य गरे वा गराइएको पाईएमा कानुन बमोजिम कारबाही हुने प्रशासन कार्यालयले जनाएको छ। यस वर्ष फागुन २९ गते पहाडी क्षेत्रमा र चैत १ गते तराइमा होली पर्व मनाइँदैछ ।।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १९:५५
प्रतिक्रिया दिनुहोस्