Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

मजदुरको लागि राप्ती गाउँपालिका अध्यक्षको महत्त्वपूर्ण कदम

मंगलबार, चैत ५, २०८१

सिसहनियाँ, ५ चैत - दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफ्नो सेवा सुविधाबाट प्राप्त हुने रकम श्रमिक वर्गको स्वास्थ्य सुरक्षाका लागि खर्च गर्नु हुने भएको छ।

अध्यक्ष विष्टले साे सेवा सुविधाबाट गाउँपालिकाभित्रका श्रमिकहरूको निःशुल्क मेडिकल र दुर्घटना बीमा गरिदिने हुनु भएको हो।

गाउँपालिकाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने श्रमिकहरूको स्वास्थ्य सुनिश्चित गर्न बीमा योजना ल्याइएको हो। "समाजका आधारस्तम्भ नै श्रमिक हुनुहुन्छ। उहाँहरूको स्वास्थ्य सुरक्षित भएमात्रै समृद्ध गाउँपालिका निर्माण सम्भव हुने भएकाले यो कार्य गर्न गरिएको हो," अध्यक्ष विष्टले भन्नुभयो।

मेडिकल बीमा योजनाअन्तर्गत श्रमिकहरूले निःशुल्क उपचार सुविधा प्राप्त गर्न सक्नेछन्। यसले श्रमिकहरूलाई आकस्मिक स्वास्थ्य समस्या पर्दा आर्थिक बोझ कम गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

उक्त कार्यमा सहभागी हुन चैत ८ गतेभित्र सचिवालयमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्