Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

क्लासिक टेकले माग्यो ३ सय जना कर्मचारी

बिहीबार, फागुन ३, २०८०

काठमाडौं - इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालभरि ३ सय जना कर्मचारी माग गरेको छ । माग गरिएका पदहरूमा ५० जना कल सेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री इन्चार्ज, २ सय जनाभन्दा बढी क्षेत्रीय बिक्री प्रतिनिधिका साथै प्राविधिक विभाग, फाइबर विभाग लगायतका रहेका छन् ।

कम्पनीले कोशी प्रदेशको विराटनगर, दुहवी, रङ्गेली, हरिनगरा, देवानगञ्ज, चिम्दी, भुटाहा, इटहरी, तरहरा, धरान , चतरा , केराबारी, लेटाङ, विराटचोक, बिर्तामोड र दमकका लागि कर्मचारी माग गरेको छ ।

यसैगरी मधेस प्रदेशको वीरगञ्ज, कलैया, चन्द्रनिगाहापुर, ढल्केबर र लहानका लागि कर्मचारी माग गरेको छ । यस्तै बाग्मती प्रदेशको नयाँ बानेश्वर, गैरीधारा, बालाजु, गोल्फुटार, कलङ्की, पेप्सिकोला, डाँछी, चावहिल, नारायणटार, मूलपानी, गोकर्ण, बल्खु, धापासी, ललितपुर (सातदोबाटो), चापागाउँ, ठेचो, थैब, थानकोट, सूर्यविनायक, बनेपा, पनौती, चितवन (भरतपुर, चनौली, टाँडी, गितानगर, पर्सा), हेटौँडा (टिया, पदमपोखरी, बस्तीपुर) का लागि कर्मचारी माग गरेको छ । यस्तै गण्डकी प्रदेशको पोखरा, लेखनाथ तथा लुम्बिनी प्रदेशको बुटवल, भलबारी, फर्साटिकर, माणिग्राम, टिकुलीगढ, नयाँ गाउँ, भैरहवा, नेपालगञ्ज र कोहलपुरका लागि कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका तथा कम्पनीसँग सहकार्य गर्न इच्छुक उम्मेदवारले आफ्नो व्यत्तिगत विवरण यो लिङ्क मा पेस गर्न सकिने कम्पनीले जनाएको छ । क्लासिक टेक र यसका विज्ञापनबारे थप जानकारीका लागि यहाँ क्लिक गर्न सकिनेछ ।

कम्पनीले कर्मचारीका लागि सियुजीसिम कार्ड, इन्धन, सामाजिक सुरक्षा कोषजस्ता विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्