बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

लगातार तेश्रोदिन पनि डलरकाे भाउ स्थिर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

बुधबार, चैत २०, २०८१

काठमाडौ, २० चैत्र - नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलरको कारोबार भाउ आज तेश्रोदिन पनि स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०६ पैसा कायम गरिएको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

आज यूरोपियन युरो एकको खरिदमूल्य १४७ रूपैयाँ २१ पैसा र बिक्रीमूल्य १४७ रूपैयाँ ८५ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५७ पैसाले घटेको छ । यसअघि मंगलबार एक युरोको खरिदमूल्य १४७ रूपैयाँ ६३ पैसा र बिक्रीमूल्य १४८ रूपैयाँ २८ पैसा तोकीएको थियो ।    
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७६ रूपैयाँ १० पैसा र बिक्रीदर १७६ रूपैयाँ ६८ कायम गरिएको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ २४ पैसा र बिक्रीदर ८५ रूपैयाँ ६१ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९४ रूपैयाँ ७७ पैसा र बिक्रीमा ९५ रूपैयाँ १८ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १४ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १८ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ २६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३० पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ६० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३० रूपैयाँ ७५ पैसा र बिक्रीदर ३० रूपैयाँ ८९ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ५६ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ५१ पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ५८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०७:४९
प्रतिक्रिया दिनुहोस्