दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तीन प्रदेशमा चट्याङसहित वर्षा

शनिबार, असोज ३१, २०८३

काठमाडौँ,३१असाेज - नेपाल मौसम विज्ञान विभागले शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने जनाएको छ ।

देशका पहाडी भागमा आंशिक बादल लाग्नेछ । मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भूभागका केही स्थानमा बिहानपख हुस्सु लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हिमपातको सम्भावना छ ।

प्रकाशित मिति: शनिबार, असोज ३१, २०८३  ०७:२१
प्रतिक्रिया दिनुहोस्