अर्थ

सुनको मूल्य ताेलामा   ८०० रुपैयाँ घट्याे

शुक्रबार, वैशाख ५, २०८२

काठमाडौँ - नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ ।  अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ। 

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार भने तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । जन मूल्य हालसम्मकै उच्च हो । 

यस्तैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार पनि सोही कायम भएको हो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्