गभर्नर सिफारिस समितिबाट भट्टराइले दिए राजिनामा

मंगलबार, वैशाख ९, २०८२

काठमाडौं, ९ बैशाख - नेपाल राष्ट्र बैङ्कका लागि गभर्नर छनोट थप पेचिलो बन्दै गएको छ ।

गभर्नर सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले असन्तुष्टी जनाउँदै आज  राजीनामा दिनुभएकाे छ ।

मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन गरेको सिफारिस समितिमा पूर्व गभर्नरका रूपमा भट्टराईसहित  विश्व पौडेल सदस्यको जिम्मेवारी पाउनु भएकाे थियाे ।

एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेको भन्दै उहाँले राजिनामा दिएको बताएका छन । समितिको भूमिकालाई नजरअन्दाज गरिएको भन्दै उनले असन्तुष्टी जाहेर गरिरहेकाे अवस्थामा उहाँकाे राजिनामा अाएकाे हाे ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्
समाचार